Logo
Logo

उपचारको क्रममा थुनुवाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


महोत्तरी, ११ भदौं । जलेश्वर कारागारमा रहँदै आएका एक थुनुवाको बधुबार आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२ किशोरी नगर घर भई कर्तव्य ज्यान मुद्दामा २०७४ साल पुस ९ गतेदेखि जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका ६७ वर्षीय देवनारायण ठाकुर रहेको निमित्त जेलर मकसुदन महासेठले बताए ।
थुनुवा ठाकुरको अचानक उच्च रक्तचाप भएर उपचारको लागि शान्ति सामुदायिक अस्पताल जलेश्वरमा पठाइएकोमा निजको सोही अस्पतालमा बिहान ८ः४५ बजे मृत्यु भएको हो । मृतक थुनुवा ठाकुरको शव आफन्तलाई बुझाउने तयारी भइरहेको कारागार कार्यालय महोत्तरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्