काठमाडौं । ‘बिदेशबाट सिटी आयो, दशैं–तिहारलाई गोल्डेन बनायो’ योजनाअन्तर्गत सिटी एक्सप्रेस मनी ट्रान्सफरले दोस्रोे महिनाको एक तोला सुन बिजेताको नाम घोषणा गरेको छ । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनोट गर्दा युकेबाट रेमिटान्स पठाउने नुना गुरुङले एक तोला सुन जित्न सफल भएकी छिन् ।

सोही योजनाअन्तर्गत असोज १२ देखि कात्तिक १५ गतेसम्म दोस्रो चरणको अन्य पाँच जनाले साप्ताहिक उपहार १०–१० तोला चाँदी जित्न सफल भएका छन् । साउदी अरबबाट अजय तामाङ, कोरियाबाट रबीन्द्र मानन्धर, कुवेतबाट सुनिता दराई, इराकबाट सुशीला तामाङ र कुवेतबाट रेमिटान्स पठाउने हसन मोहम्मद नाउ गरी पाँच जनाले १०–१० तोला चाँदी जित्न सफल भएका छन् ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गसँग पर्वको खुशी साट्न लगातार ६३ दिनसम्म चल्ने ‘बिदेशबाट सिटी आयो, दशैं–तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको थियो । सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना एक जनालाई एक तोला सुन, हरेक हप्ता एक जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेतालाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली बम्पर बिजेतालाई पाँच तोला सुन उपहार प्रदान गर्ने छ ।
कम्पनीका अनुसार यो अफर भदौ १५ गतेदेखि कात्तिक १५ गतेसम्म चलेको थियो । यो अवधिभरि सिटी एक्सप्रेसमार्फत देश–विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए । यस उपहारको विजेता छनोेट गर्दा विद्युतीय प्रणालीद्वारा गरिएको र कम्पनीले अब छिट्टै पाँच तोला सुन जित्ने बम्पर बिजेताको नाम पनि लक्की ड्रमार्फत घोषणा हुने जान्कारी गराएको छ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १६ वर्षखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधा प्रदान गर्दै आइरहेको छ ।












