Logo
Logo

जनमुक्ति पार्टीको चुनावी एजेण्डामै संघीय राजधानी सार्ने अवधारणा



बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले संघीय राजधानी सार्नुपने अवधारणा अघि सारेको छ । काठमाडौं उपत्यकाका ऐतिहासिकतालाई जोगाउनलाई पनि उपत्यका बाहिर राजधानी बनाउनुपर्ने पार्टीको धारणा रहेकाे जनाइएकाे छ ।

पार्टीले बुधबार देवदहमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै पार्टीका केन्द्रीय अनुगमन विभाग संयोजक दलबहादुर बिरकट्टाले संघीय राजधानी काठमाडौं बाहिर उपयुक्त स्थानमा बनाउनुपर्ने पार्टीको चुनावी एजेण्डामै रहेको बताए । पार्टीको चुनावी एजेण्डामा काठमाडौंलाई संघीय राजधानीका लागि अनुपयुक्त भइसकेकाले उपत्यका बाहिर सार्न सुझाव दिइएको छ ।

कार्यक्रममा उनले महँगो निर्वाचन प्रणालीका कारण भ्रष्टाचार बढेको भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने समेत बताए । मिश्रित निर्वाचन प्रणालीमा धनाढ्यमात्रै चुनाव लड्न सक्ने र करोडौं रकम दिएर टिकट हात पार्ने परिपाटी रोक्न पूर्ण समानुपातिक निर्वाचन प्रणाली उपयुक्त भएको उनको भनइ छ ।

उनले अहिलेको निर्वाचन प्रणालीले ५१ प्रतिशत जनसंख्या रहेको महिलाले १० प्रतिशत पनि स्थान नपाएको भन्दै समानुपातिक प्रणाली निर्वाचन नै नेपालका लागि उपयुक्त हुने उनले धारणा सुनाए ।

उनले भ्रष्टाचारलाई राजद्रोह सरहको अपराध मानेर भ्रष्टाचारमा संलग्नलाईसम्पति जफतसहित आजीवन कारावास गर्ने कानुन बनाउन आवश्यक रहेको आफ्नो पार्टी धारणा रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्