Logo
Logo

राप्रपाकाे चुनावी प्रचारमा बलिउड अभिनेत्री मनिषा



काठमाडौं । अभिनेत्री मनिषा कोइराला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का खुलेकी छन् । यसअघि नेपाली कांग्रेसको राजनीति गर्ने बताउँदै आएकी मनिषा अहिले आएर राप्रपामा खलेकी हुन् । एक समय बलिउडमा तहल्का मच्चाएकी मनिषा अहिले राप्रपाको चुनावी प्रचार अभियानमा खुलेर लागेकी छन् ।

आम निर्वाचन नजिकिँदै जाँदा कलाकारहरु राजनीतिमा खुल्दै गर्दा मनिषा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको पछि लागेर हिँडेकी छन् । मनिषा लिङदेनको पछि लागेर राप्रपाको चुनावी प्रचारमा खटिएपछि कांग्रेसबृत्तमा उनको चर्चा चल्न थालेको छ ।
कोइराला खानदानकी मनिषामाथि धेरैले अनुमान गरेका थिए कि उनी नेपाली कांग्रेसमा लागेर राजनीति गर्छिन् । तर, कांग्रेसजनले सोचेभन्दा फरक रुपमा मनिषा उत्रिएकी छन् ।

त्यसो त मनिषाले पहिलेदेखि नै राजसंस्था र हिन्दू राज्यको पक्षमा आफ्नो धारणा राख्दै आएकी थिइन् । तिनै एजेण्डा बोकेको दल राप्रपाप्रति उनको सैद्धान्तिक निकटता देखिन्छ ।

मनिषा बिहीबार (आज) राप्रपाको चुनावीसभाका अध्यक्ष लिङदेनसँगै सिन्धुली पुगेकी छन् । यस्तै, शुक्रबार स्याङ्जाको वालिङमा हुने राप्रपाको चुनावी सभालाई सम्बोधन समेत गर्ने भएकी छन् । शुक्रबार राप्रपाले पोखरा र स्याङ्जामा चुनावीसभा आयोजना गर्दैछ । राप्रपा स्याङ्जाका अध्यक्ष तुलसिंह ठकुरीका अनुसार स्याङ्जाको चुनावीसभालाई मनिषाले पनि सम्बोधन गर्ने तालिका तय भएको छ ।

नेपाली फिल्म ‘फेरि भेटौंला’मार्फत फिल्मी करिअर सुरु गरेकी मनिषा केही दिनअघि मात्र मुम्बईबाट नेपाल आएकी हुन् । सञ्जयलीला भन्सालीको पछिल्लो फिल्म ‘हीरामण्डी’को छायांकनलगत्तै नेपाल आएकी मनिषा त्यसलगत्तै राप्रपाका अध्यक्ष लिङ्देनलाई साथ दिन सुरु गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्