Logo
Logo

काठमाडौंमा खुला रूपमा आगो बाल्न र फोहर जलाउन प्रतिबन्ध


252
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला रूपमा आगो बाल्न र फोहर जलाउन रोक लगाएको छ ।

खुला रुपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि असर गर्ने भन्दै महानगरले सार्वजनिक सूचना जारी गरि महानगर क्षेत्रभित्र खुला रुपमा आगो बाल्न प्रतिबन्ध लगाएको हो ।

महानगर क्षेत्रभित्र कसैले खुला रुपमा आगो बालेमा तथा फोहर जलाएमा महानगरको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ । केही दिनयता काठमाडौं उपत्यकासहित देशका मुख्य सहरमा प्रदूषण बढ्न थालेको छ। आज बुटवलमा हावाको गुणस्तर सबैभन्दा खराब छ ।

बिहान साढे ७ बजे बुटवलको एक्यूआई १ सय ५६, दाङ तुलसीपुरको १ सय ५४, भक्तपुरको १ सय ५२ रहेको छ । त्यस्तै काठमाडौको १ सय २८ छ । ५० एक्युआईसम्मको हावालाई गुणस्तरीय मानिन्छ । त्यो भन्दा धेरै भयो भने स्वास्थ्यका लागि जोखिम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्