
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्यरातमा ठमेलको एलओडी क्लबमा पुगेका छन ।
अध्यक्ष ओली शुक्रबार मध्यरातमा ठमेल स्थित एलओडी क्लब पुगेर युवा पुस्तालाई मन पर्ने ऱ्याप गीत सार्वजनिक गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागिचुनावी अभियानमा व्यस्त रहेका ओली एलओडी पुगेर ओलीले आफ्नो नाममा बनेको र्याप गीत समेत सार्वजनिक गरेका छन् ।
उनले आफ्नो फेसबुकमा ‘युवामाझ म (LOD) मा आज युवाहरूलाई मन पर्ने नयॉ ऱ्याप गीत सार्वजनिक गरियो’ स्टाटस लेखेर तस्बिर सर्बजनिक गरेका छन् । केपी ओलीका बारेमा बनाइएको र्याप गीत युट्युबमा भने एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो। शुक्रबार नै ‘केपी बा’ नाम दिइएको अर्को र्याप गीत पनि सार्वजनिक भएको थियो । ओलीले क्लबमा करिब ४० मिनेट बिताएका थिए ।
ओली आज चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम प्रदेश जाँदैछन् । ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।












