काठमाडौं । प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको शुरुआत गरेको छ । यस सेवामार्फत विदेशबाट प्रभु बैंकको भिसा डेविट कार्डका ग्राहकलाई बिनाझण्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाएको जनाएको छ ।

यस सेवाअन्तर्गत भिसा डाइरेक्टमा सहभागी रहेका १८० भन्दा बढी देशबाट नेट बैंकिङ, मोबाइल वा एटिएममार्फत बैंकद्वारा जारी गरिएको १६ अंकको भिसा कार्ड नम्बरमा विश्वको जुनसुकै स्थानबाट नेपालमा रहेका आफन्तजनलाई सरल, सहज र सुरक्षित तरिकाले चाहेको समयमा नै रकम पठाउन सकिने जनाइएको छ ।
प्रभु बैंकले सञ्चालनमा ल्याएको भिसा डाइरेक्ट रेमिट्यान्स सेवा उपभोग गरी प्रभु बैंकका भिसा डेबिट कार्डका सम्पूर्ण ग्राहक महानुभावले अधिकतम लाभ लिन सक्नेमा बैंकले पूर्ण विश्वास लिएको जनाइएको छ ।












