Logo
Logo

अध्ययनका लागि जापान पुगेका नुवाकोटका प्रवीण नेपालको मृत्यु



काठमाडौं । अध्ययनका लागि दुई महिनाअघि जापान पुगेका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

जापानको रयोगोक स्टेसनस्थित सुमिदामा रहेको जापानी भाषा कलेजमा अध्ययनका लागि पुगेका नुवाकोटका १८ वर्षीय प्रवीण नेपालको बिहीबार मृत्यु भएको हो । उनी टोकियोस्थित निवासमै मृत भेटिएका हुन् ।

उनको मृत्यु शङ्कास्पद रहेको छात्रावासमा बसेका विद्यार्थीले बताएका छन् । मंगलबारसम्म विद्यालयमा नियमित अध्ययनका लागि गइरहेका युवक बिरामी भएको जानकारी गराइएको थियो ।

आवश्यक अनुसन्धानका लागि युवकको शव प्रहरीले अस्पतालमा राखेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्