
१. प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलको गतिविधि बढ्यो, राजनीतिक दलका नेता कार्यकर्ता उम्मेदवारसहित मतदाताको घरदैलोमा, आयोगले आचारसंहिताको उल्लङ्घन गर्नेलाई धमाधम कारबाही गरिँदै, राजनीतिक दल र उम्मेदवारले चुनावको प्रचारप्रसार गर्ने समयअवधि अब पाँच दिन मात्रै ।

२. प्रत्येक निर्वाचनमा स्थानीय तहसँगको समन्वयमा भवन, परिसर र भौतिक संरचनाको व्यवस्थापन गर्दै निर्वाचन आयोग, निर्वाचनका लागि भवन, परिसर र भौतिक संरचना उपलब्ध गराउन सात सय ५३ वटै स्थानीय तहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आग्रह ।

३. नेकपा एमालेले मात्र देशलाई समृद्ध बनाउन सक्न एमालेका अध्यक्ष ओलीको भनाइ, मङ्सिर ४ पछि एमालेको बहुमतको सरकार बन्ने दाबी, यसपटकको निर्वाचनले देशको भविष्यको फैसला गर्ने भएकाले राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डतार राष्ट्रिय हितको संरक्षण गरी देशको गौरव बढाउने एमालेलाई विजयी गराउन आग्रह ।

४. आसन्न मङ्सिर ४ गते संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, एमाले नेतृत्वको गठबन्धन संविधान विरोधी, गणतन्त्र विरोधी शक्तिहरू मिलेर बनेको टिप्पणी, सत्ता गठबन्धनले संविधानको रक्षा गर्दै आएको भनाइ, अबको निर्वाचनमा जनताले संविधानको विरोधीलाई परास्त गर्नेपर्ने अभिव्यक्ति ।

५. चुनावी प्रचारमा उम्मेदवारहरुले जनस्वास्थ्य मापदण्ड पालना गरेनन्, निर्वाचनका सबै गतिविधिमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह, स्वास्थ्य मापदण्ड पालना नगर्दा कोभिड–१९ सँगै अन्य सङ्क्रमणको जोखिम बढ्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको सुझाव, धेरै हुल र भिडभाडले सरुवा रोगको सङ्क्रमणको जोखिम ।

६. प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै सार्वजनिक यातायातको माग बढ्यो, निर्वाचन आउन एक हप्ता समय बाँकी हुँदा काठमाडौँबाट विभिन्न गन्तव्यमा भोट हाल्न जानेहरुको सङ्ख्या बढ्यो, राजनीतिक दलका उम्मेदवार, नेता तथा कार्यकताएले धमाधम बुकिङ गरेको नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको भनाइ ।

७. निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न/गराउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण, चितवनलगायत विभिन्न जिल्लामा उम्मेदवारले निर्वाधरूपले प्रचारप्रसार गर्ने कार्यमा अवरोध तथा निर्वाचनमा सहभागी पक्षहरूबीच विवाद भई सवारी साधन तोडफोड भएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा साताको पहिलो दिन पहिरो, आज १० दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ८३ दशमलव १६ मा सीमित, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इनडेक्स एक दशमलव ८३ अङ्कले ओरालो लागेर तीन सय ७० दशमलव ५३ मा सीमित ।

९. नेपालले पहिलो पटक आइसीसी यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने, अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को बोर्ड बैठकद्वारा २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई, अब नेपाल र बङ्गलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् ।

१०.अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी चिनफिङसँगको वार्तामा विवादको विन्दुको खोजी गर्ने, सोमबार इन्डोनेसियामा हुने जी–ट्वन्टी शिखर सम्मेलनका क्रममा विश्वका २० ठूला अर्थतन्त्र भएका मुलुकका नेताहरूले महामारीपछिको सबैभन्दा ठूलो जमघट गर्ने, मध्यावधि चुनावमा डेमोक्र््याटिक पार्टीको अनपेक्षित सफलता र बाइडेनले राष्ट्रपतिका रूपमा सीसँग पहिलो पटक प्रत्यक्ष भेटवार्ता ।















