काठमाडौं । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९७ हजार दुई सय कायम भएको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा आज सुन प्रतितोला एक सयले घटेर ९७ हजार दुई सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।
आइतबार सुन प्रतितोला ९७ हजार तीन सयमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार सात सय कायम भएको छ । आइतबार तेजावी सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार आठ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार दुई सय ९५ तोकिएको महासङ्घले जनाएको छ ।












