Logo
Logo

प्रभु क्यापिटल तथा क्रिस्टल डाइग्नोस्टिकबीच सेवासुविधामा छुट सम्झौता


378
Shares

काठमाडौं । प्रभु क्यापिटल तथा क्रिस्टल डाइग्नोस्टिकबीच प्रभु क्यापिटलका हितग्राहीका लागि विशेष छुट सम्झौता भएको छ ।

मंगलबार दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार उक्त सम्झौतापश्चात क्यापिटलका सबै हितग्राहीहरुले ल्याबको सम्पूर्ण सेवासुविधामा २० प्रतिशत छुट पाउनेछन् भने आउटसोर्सिङ गरेको टेस्टमा ल्याबबाट १० प्रतिशत छुट पाउनेछन् ।

यो अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको एपीपी डाउनलोड गरी डिम्याट खाता लिंक गरेको देखाउनुपर्नेछ ।

समझौतामा क्यापिटलले गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरुमा जस्तै स्वास्थ्य शिविर, रक्तदान शिविर आदि गतिविधिमा समेत ल्याबले सहयोग गर्ने क्यापिटलले जनाएको छ ।

काठमाडौँको सिनामंगलमा अवस्थित क्रिस्टल डाइग्नोस्टिक नेसनल पब्लिक हेल्थ ल्याबोरेटरीबाट मान्यता प्राप्त आधुनिक प्रविधि र विभिन्न सेवासहितको एक अत्याधुनिक प्याथलोजिकल ल्याब हो ।

नेपाली पुँजीबजारमा भिडियो केवाइसीमार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटलले समयअनुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्