Logo
Logo

युएईमाथि नेपालको जित


945
Shares

काठमाडौं । दोस्रो ओडिआई खेलमा नेपालले युएईमाथि जित निकाले छ ।

बुधबार कीर्तिपुरस्थित क्रिवि मैदानमा भएको खेलमा नेपाल युएईलाई तीन विकेटले पराजित गरकोे हो । यो सँगै तीन ओडिआई खेलको सिरिजमा नेपाल र युएईको १–१ को बराबरी भएको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको युएईले नेपाललाई १९२ रनको विजयी लक्ष दिएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले ४७.५ बलमा ७ विकेट गुमाउँदै लक्ष्य भेटायो ।

नेपालको लागि गुलशन झाले सर्वधिक ३७ रन जोडे । उनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । कुशल भुर्तेलले ५२ बलमा ६ चौका प्रहार गर्दै ३५ रनको योगदान दिए । आरिफ शेखले ५८ बलमा ३ चौका प्रहार गर्दै ३३ रन जोडे ।

त्यस्तै नेपालको लागि ज्ञानेन्द्र मल्ले ५९ बलमा चार चौका प्रहार गदै २६ रन बनाए । सोपाल कामीले १६ रन जोड्दा दीपेन्द्र सिंह ऐरीले १३ रनको यागदान दिए । आसिफ शेख ६ रनमा आउट भए भने रोहित कुमार पौडेलले ८ रनको योगदान दिए ।

युएईका स्पिनर रोहन मुस्तफाले ३ विकेट लिए । हजरत बिलालले दुई र बासिल हामिदले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको युएई ४३.२ ओभरमा १ सय ९१ रनमा अल आउट भएको थियो । युएईका ओपनर मोहम्मद वासिम ४६ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५० रनमा आउट भए ।

नेपालका सोमपाल कामी र ललित राजवंशीले ३–३ विकेट लिए । कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा र करण केसीले एक एक विकेट लिए ।

नेपाल पहिलो खेलमा ८४ रनले पराजित भएको थियो । तेस्रो तथा निर्णायक खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्