Logo
Logo

मिथ्या सूचनामा विश्वास नगर्न कांग्रेस र माओवादीको आह्वान


5.4k
Shares

काठमाडौं । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न मतदातालाई आह्वान गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमा दुई दलबीच फाटो ल्याउने दुराशयका सूचनाहरु सम्प्रेषण भएको भन्दै कांग्रेस–माओवादीले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।

कांग्रेस र माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिवहरुले शनिबार दिउँसो संयुक्त वक्तव्य जारी गरेर प्रतिष्ठित अनलाइन मिडियासमेतको दुरुपयोग गरेर दुई दलबीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरुमा प्रेषित सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायतका पाँच दल लोकतान्त्रिक वाम गठबन्धनकाप्रति पूर्ण प्रतिवद्ध छन् र गठवन्धनमा कोही कसैकाप्रति घात हुने कल्पना समेत गर्दैनन् ।’

निर्वाचनको अन्तिम घडीमा मतदातालाई अन्योल सिजर्ना गर्न रचिएको भ्रमपूर्ण षडयन्त्रले राजनीतिक पराजयको मानसिकता पुष्टि भएको दुवै पार्टीको ठहर छ ।

‘निर्वाचनको अन्तिम घडीमा आममतदातामा अन्योल सिर्जना गर्नेगरी रचिएको यो भ्रमपूर्ण षडयन्त्रले एकथरी तत्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको छ’ वक्तव्यमा भनिएको छ, ‘यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न हामी आम नागरिकमा आह्वान गर्दछौँ ।’

उनीहरुले अपराधपूर्ण काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि सरकारसँग मागसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्