
काठमाडौं । आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि देशभर एक साथ मतदान भइरहेको छ ।
निर्वाचन आयोगले आइतबार बिहान ७ बजे देखी साझ ५ बजेसम्म मतदानका लागि छुट्याइएकाे छ ।
आज बिहानै देखी मतदान केन्द्रहरुमा मतदाताको उत्साहजनक पस्थिति भइरहेको छ । चिसो मौसमका बाबजुध मतदाता सबेरै आ-आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्न लामबद्ध भएका छन् ।
आम जनता सँगै विभिन्न पार्टीका नेताहरु पनि मतदान केन्दै पुगेर मतदान गरिरहेका छन् ।




















