Logo
Logo

सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा हवाइ फायर


1.5k
Shares

चितवन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चितवनमा मत पेटिका जलाएपछि प्रहरीले हवाइ फायर गरेको छ । चितवन निर्वाचन क्षेत्र नम्बर १ मा विप्लव समुहले मतपेटिका जलाए पछि प्रहरीले हवाइ फायर गरेको हो ।

राप्ती नगरपालिका- ८ मा रहेको ब्रह्मास्थान राष्ट्रिय आधारभुत विद्यालयको ख मतदान केन्द्र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाएका हुन्। उनीहरुले ‘ख’ मतदान केन्द्रका चार मतपेटिकामध्ये एउटा जलाएको चितवनका डीएसपी सुदन आचार्यले जानकारी दिए ।

‘मतदान केन्द्रका चार वटा मतपेटिकामध्ये एउटा मतपेटिका जलेको छ तर, मतपत्र भने जलेको छैन,’ आचार्यले भने । उनका अनुसार करिब ४५ मिनेट रोकिएको मतदान पुनस् सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्