Logo
Logo

बर्दियाको शम्भुशरण मावि खैरापुरमा विस्फोट, मतदान स्थगित


1.1k
Shares

काठमाडौं । बर्दियाको गुलरिया २ को मतदानस्थलमा शम्भुशरण मावि खैरापुरमा बम विस्फोट भएको छ ।

मतदानको समयमा विस्फोट भएपछि मतदाता र मतदान केन्द्रमा खटिएका कर्मचारीको भागाभाग भएको छ । हाल मतदान स्थगित भएको छ ।

यस्तै, चितवनको राप्ती नगरपालिका–८ मा रहेको आधारभूत विद्यालय ब्रमस्थानी केन्द्रमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका नियन्त्रणमा लिने प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यलयका अनुसार प्रहरीले गोली चलाएपछि उनीहरु भागेका थिए । अहिले शान्तिपूर्ण तरिकाले मतदान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्