Logo
Logo

गुल्मी- १ को अर्बेनीमा पुनः मतदान हुने


8k
Shares

गुल्मी । गुल्मी- १ अन्तर्गत कालीगण्डकी गाउँपालिका-२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) केन्द्रमा मतदान स्थगित भएको छ ।

प्रहरीका अनुसार मतदान चलिरहेको अबस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मत पत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो ।

त्यस्ता मतपत्र ५५ वटा रहेको बताइएको छ । उक्त मतदान केन्द्रमा पुन : मतदान अधिकृतसहितको टोली पठाएर पुन मतदान गर्ने बताइएको छ । तर पुन: मतदान कहिले गर्ने भन्ने विषयमा छलफल भइरहेको मुख्य निर्वाचन अधिकृत वषन्तराज पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्