Logo
Logo

काठमाडौं- १ र ४ को मतगणना आजै रातिदेखि गरिने


6.7k
Shares

काठमाडौं । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये दुई वटा क्षेत्रमा आजै रातिदेखि मतगणना हुने भएको छ । सबै मतदानस्थलबाट मतपेटिका संकलन भएको र सर्वदलिय बैठकबाट समेत सहमती जुटेकाले काठमाडौंको १ र ४ निर्वाचन क्षेत्रमा मतगणनाको तयारी भएको हो ।

दुई निर्वाचन क्षेत्रमा तत्काल मतगणना सुरु हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । आइतबार रातिसम्ममा गणना सुरू भइसक्ने उनले जानकारी दिए ।

काठमाडौं-१ को मतगणना संघीय संसद भवन रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ भने काठमाडौं-४ को गणना बुढानीलकण्ठस्थित जेष्ठ नागरिक आश्रम परिसरमा हुनेछ ।

अन्य क्षेत्रबाट समेत मतपेटिका ल्याउने काम भइरहेको सर्वदलीय सहमति भए अरु ठाँउमा समेत आजैदेखि गणना सुरू हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्