Logo
Logo

काठमाडौं-७ : प्रत्यक्ष र समानुपातिक दुबैमा घण्टीको अग्रता


2.6k
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ को प्रत्यक्ष र समानुपातिक दुवैतर्फ घण्टीले अग्रता लिएको छ । बिहान ९ बजेसम्मको मतगणना अनुसार रास्वपाका गणेश पराजुलीले १७७ मतसहित अग्रता लिएका हुन् ।

स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे ९३ मतसहित तेस्रो र सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमि भट्टराई ७५ मतसहित चौथो स्थानमा छन् ।

हाम्रो नेपाली पार्टीका प्रबन्ध पोखरेलले ५२ र राप्रपाका ध्रुवविक्रम मल्लले ५० मत पाएका छन् । यता समानुपातिकतर्फ रास्वपाले २२२ मत पाएको छ । नेकपा एमाले ८४ मतसहित दोस्रोमा छ ।

त्यस्तै राप्रपाले ७८ मत पाएर तेस्रो स्थानमा रहँदा नेकपा एसले ७१ मत पाएको छ भने कांग्रेस ५३ मतसहित पाँचौ स्थानमा छ ।
सो क्षेत्रमा लौरोले ५१ मत पाएको छ भने नेमकिपाको मादलले ४० मत पाएको छ ।

माओवादी केन्द्रले २७ मत पाउँदा जसपाको २५ मत आएको छ । यो ७०९ मत गन्दाको परिणाम हो ।

प्रतिक्रिया दिनुहोस्