मुस्ताङ । मुस्ताङमा नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार योगेश गौचनको जित निश्चित देखिएको छ । मुस्ताङमा कुल ७ हजार २३० मत खसेको थियो । जसमा अहिलेसम्म योगेशले ३ हजार १५६ मतका साथ अग्रता लिएका छन् ।

उनका प्रतिस्पर्धी एमालेका प्रेम तुलाचन २ हजार ५२१ मतले पछ्याइरहेका छन् । यहाँ मतगणना जारी भइरहेको योगेशको जीत सुनिश्चित भन्दै कांग्रेस समर्थकले विजयी जुलुसको निकाल्ने तयारी गरिरहेको छ ।














