Logo
Logo

काठमाडौं ७ मा एमालेको अग्रता


2.6k
Shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीलाई उछिन्दै एमालेका उम्मेदवार श्याम घिमिरेले ३७५ मतसहित अग्रता कायम गरेका हुन् ।

पराजुलीले ३०४ मत ल्याएर पछ्याइरहेका छन् । सत्ता गठबन्धनकी मानुषी यमि भट्टराई तेस्रो स्थानमा छन् । मानुषीले २९० मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार यादवलाल कायस्तले १७७, हाम्रो नेपली पार्टीका देवेन्द्र पोखरेलले १०१ र राप्रपाका ध्रुवविक्रम मल्ले ८४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्