Logo
Logo

सिटौलालाई १४ मतले पछि पार्दै अघि लागे लिङ्देन


3.2k
Shares

काठमाडौं । झापा-३ मा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई १४ ताले पछि पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिएका छन् ।

सोमबार दिउँसोसम्म ५०० मत गन्दा लिङ्देनले २२७ मत पाएक छन् भने नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत पाएका छन् ।

आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सोमबार बिहानदेखि सुरु भएको गणनामा २०० मत गन्दा सिटौलाले १०२ मत पाएका थिए भने राजेन्द्र लिङ्देनले ४२ मत पाएका थिए । सुरुवाती अग्रता लिएका सिटौलालाई पछि पार्दै लिङदेन अघि लागेका छन् ।

यो क्षेत्रमा सिटौलालाई नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनमा आवद्ध दलको समर्थन छ भने लिङ्देनलाई नेकपा एमालेको समर्थन छ ।

प्रतिक्रिया दिनुहोस्