
काठमाडौं । काठमाडौं ३ मा एमाले उम्मेदवार कृष्ण राईले प्रारम्भिक अग्रता लिएका छन् ।
उनले एक हजार ७५ मत ल्याउँदा कांग्रेसका सन्ताेष चालिसेले एक हजार ५४ मत ल्याएर पछ्याइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ६ सय ३९ मतका साथ तेस्रो स्थानमा छन् ।
आइतबार भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ ।














