Logo
Logo

राजकिशोर र चित्रलेखाको उम्मेदवारी खारेजको माग गर्दै उजुरी


2.5k
Shares

सिरहा । सिरहा क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार सुरेशकुमार कार्कीले नेपाली काँग्रेसका उम्मेदवार चित्रलेखा यादव र जनता समाजवादी पार्टी नेपालका उम्मेदवार राजकिशोर यादवको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

कार्कीले आज निर्वाचन आयोगमा निवेदन दर्ता गराई काँग्रेसका उम्मेदवार यादव र यादवले निर्वाचनमा रकम बाँड्नुको साथै भोजभतेर समेत गरेको भन्दै उनीहरूको उम्मेदवारी खारेजीको उनले माग गरेका हुन् ।

निर्वाचन ऐन, २०७३ को दफा २० को उपदफा (१) बमोजि उनीहरुलाई कारबाही माग गरिएको हो । दुई उम्मेदवारले कात्तिक २५ गतेदेखि मंसिर ४ गते मतदान हुँदासम्म मतदातालाई प्रभाव पर्ने गरी घरघरमा गएर रकम बाँडेको भोजभतेर गरेको आरोप स्वतन्त्र उम्मेदवार कार्कीले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्