रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । घण्टी चिन्हका गणेश पौडेलले ३३४ मत प्राप्त गरेका छन् ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलले २९३ मत प्राप्त गरेका छन् । यसैगरी गठबन्धन दल राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापाले २२४ मत प्राप्त गरेका छन् । एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र राष्ट्रिय जनमुक्ति पाटीका केशबहादुर थापाबीच मुख्य प्रतिस्पर्धा ठानिए पनि घण्टी अगाडि आएपछि यहाँको मतगणना थप रोचक ठानिएको छ ।














