Logo
Logo

झलनाथ र सुवास- इलामका दुई हस्ती, गणनामा दुबै पछाडि


20.7k
Shares

काठमाडौं । इलामका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली राजनीतिका दुई स्थापित नेता प्रतिस्पर्धामा छन् ।

नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम–२ र पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल इलाम–१ बाट प्रतिस्पर्धामा छन् ।

पूर्वसहकर्मी खनाल र नेम्वाङ दुबै पछिल्लो गणनाअनुसार पछि परेका छन् । उनीहरुललाई जिल्लास्तरीय नेताले पछि पारेका हुन् ।

पछिल्लो गणनाअनुसार नेकपा एमालेका उम्मेदवार महेश वस्नेतसँग खनाल पछि परेका हुन् । बस्नेतले हालसम्म १२५८ मत पाएका छन् भने खनालले १०४१ मत मात्र पाएका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ५४३ मत प्राप्त गर्दा नेम्वाङले ५३७ मत पाएका छन् ।

खनाल र नेम्वाङ लामो समयदेखि ततत् क्षेत्रबाट निर्वाचित हुँदै आएका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्