काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा कांग्रेसले ११ हजार ५०२ मत पाएको छ भने एमालेले १० हजार ८२ मत देशभर पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ७ हजार ५६० मत प्राप्त गर्दा माओवादीले मात्र ४ हजार ४४८ मत प्राप्त गरेको छ । राप्रपाले ३ हजार ७३४ मत पाउँदा नेमकिपाले १ हजार ३३ तथा अन्य दलले ४ अंकको मत ल्याउन सकेका छैनन् ।














