
काठमाडौं । एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले अग्रता कायम राखेका छन् ।
७ हजार ६३५ मत गणना हुँदा पुनले ४ हजार ५५७ पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले १ हजार ८४६ मत पाएका छन् ।
त्यस्तै राप्रपा उम्मेदवार लिला रावलले ३९४, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले १४६ र नेपाल मजदुर किसान पार्टीका नाति भाइ ह्योम्बा १० मत पाएका छन् ।
प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार जोखबहादुर महरा अगाडि छन् । उनले ४ हजार ८५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार कमल बहादुर बुढाथोकीले १ हजार ३६४ मत पाएका छन् ।
प्रदेश सभा २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका नेता दीपेन्द्र कुमार पुनमगरले अग्रता लिएका छन् ।
दीपेन्द्रसिंहले २ हजार ४११ मत पाउँदा अमरसिंहले १ हजार ६८९ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर घर्तीमगरले १ हजार ३५४ मत पाएका छन् ।














