Logo
Logo

रवि लामिछाने प्रकरणमा कसरी फस्यो प्रहरी ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ भदौ । निर्मला पन्त प्रकरणमा प्रहरीमाथि लागेको दाग अझै मेटिएको छैन । अनुसन्धानमा चरम लापरबाहीका कारण गत वर्ष अन्तर्राष्ट्रमै प्रहरी बदनाम भयो । तर, अझै प्रहरीले पाठ सिकेको छैन । लोकतान्त्रिक देश नेपालमा प्रमाणभन्दा पनि राजनीतिक दबाब र प्रभावका भरमा प्रहरी अनुसन्धान हुने गरेको रवि लामिछाने प्रकरणबाट थप प्रष्ट भएको छ । यो घटनाले प्रहरीप्रतिको विश्वसनियता झन् धरमराएको छ ।

एसपी दानबहादुर मल्ल

भिडियो मृतक पुडासैनीकै परिवारबाट बाहिरिएको भनेर प्रहरीले प्रचार गर्न लगाएको थियो । तर, मृतकका आमा–बुबाले आफूहरुमाथि गलत आरोप लगाएको भन्दै रोएका थिए । बरु, आफूहरुले नै भिडियो बाहिर दिएको भनेर बोल्न अप्रत्यक्ष रुपमा प्रहरीले पुडासैनीका बुबाआमालाई दबाब दिएको भनेर समेत मिडियामा गुनासो गरेका छन् । यसले पनि अनुसन्धानमा कति चलखेल भएको थियो भन्ने प्रष्ट हुन्छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दबाबको भरमा प्रहरीले अनुसन्धान गरेको अदालतले नै प्रष्ट पारिदिएको छ । आत्महत्या गर्नुअघि पुडासैनीले चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने, उनकै टिमका पत्रकार युवराज कँडेल र प्रेमिका अस्मिता(रुकु) कार्कीले आत्महत्या गर्न बाध्य बनाएको भनेर भिडियो खिचेका थिए । उनले भनेको कुरालाई पुष्टि गर्ने प्रमाण नै नखोजी प्रहरीले सोही आधारमा कसैको दबाबमा तीन जनालाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

नेपालको कानूनले आत्महत्यालाई नै अपराध मानेको छ । गत वर्षदेखि लागू भएको आत्महत्या दुरुत्साहनसम्बन्धि कानूनले आत्महत्या गर्न बाध्य बनाउनेलाई पनि मुद्दा चल्ने व्यवस्था गरेको छ । तर, कानूनमा कस्तो अवस्थालाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्ने उल्लेख छैन । जसकारण प्रहरीबाट यो कानूनको दुरुपयोग हुन थालेको छ । पुडासैनी प्रकरणमा पनि प्रहरीले अष्पष्ट कानुनको आधारमा चलखेल ग¥यो ।

पुडासैनीको भिडियोलाई मात्र आधार बनाएर प्रहरीले दबाबको भरमा तीन जनालाई पक्राउ ग¥यो । तर, भिडियोमा भनिएअनुसार उनीहरुले कसरी आत्महत्या गर्न बाध्य बनाएका थिए भन्ने एउटै प्रमाण प्रहरीले संकलन गर्न सकेन ।

विवाहित रहेका पुडासैनी नर्स कार्कीसँग प्रेम सम्बन्धमा थिए । आफू अविवाहित रहेको भनेर झुक्याएर उनले प्रेम गरेका थिए । जुन कुरा कार्कीले थाहा पाएपछि उनीसँग टाढिन खोजिन् । जे गर्दा पनि नसकेपछि उनी उनका पूर्व सहकर्मीहरुलाई भेट्न न्यूज २४ गइन् । जहाँका क्यामरापर्सन अलिन ढुंगेलसँग उनको चिनजान थियो । उनीसँगकै कुराकानीमा थप दुःख दिए सिधा कुरा जनतासँगमा कार्यक्रम बजाइदिने भन्दै धम्की दिन उनले सुझाए । त्यहीअनुसार उनले न्यू २४ टेलिभिजनमा गएको सेल्फी खिचेर पठाइन् । त्यही आधारमा आफ्नो बेइज्जत हुन लागेको ठानेर पुडासैनीले आत्महत्या गरेको प्रमाणहरुले देखाउँछ ।

युवतीको म्यासेजकै आधारमा उनले रवि लामिछाने आफूविरुद्ध लागेको ठानेर नै उनले आत्महत्या गरेको देखिन्छ । त्यही आधारमा उनले त्यस्तो भिडियो बनाएका छन् । जबकी न त लामिछानेको उनकी प्रेमिकासँग भेट भएको छ न त उनले त्यसबारेमा कुनै धम्की नै दिएका छन् । प्रहरी अनुसन्धानमा त्यो केही खुल्न सकेको छैन । भिडियोकै आधारमा त्यसरी प्रहरीले मुद्दा चलाउने निर्णय गरेको थियो । अर्का पत्रकार कँडेलले काम गर्ने क्रममा हेप्ने भएकाले उनलाई समेत पुडासैनीले भिडियोमा पोलेका छन् । त्यही कारण उनीविरुद्ध समेत मुद्दा दायर भएको छ ।

आत्महत्या घटनामा भिडियो तथा सुसाइड नोट मात्र प्रमाण हुन नसक्ने फौजदारी कानूनका ज्ञाता बरिष्ठ अधिवक्ता लवकुमार मैनाली बताउँछन् । सुसाइड नोटमा लेखिएका कुरालाई पुष्टि गर्ने अन्य प्रमाण नभएसम्म मुद्दा चलाउन नमिल्ने उनको भनाई छ ।

कुनै पनि अपराधको अनुसन्धानमा पक्राउ गर्ने अनिमात्र अनुसन्धान गर्ने एकदमै गलत प्रवृत्ती प्रहरीमा बढ्दै गएको छ । यो प्रकरणमा पनि त्यही भयो । जसकारण प्रहरीको व्यापक आलोचना भएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नै लामिछानेलाई भेट्न चितवन पुगेका थिए । अनुसन्धान निष्पक्ष थियो भने महानिरीक्षक यसरी भेट्न जानुपर्ने अवस्था आउने नै थिएन ।

एसपी मल्लले किन ‘बेचे’ भिडियो ?

यो प्रकरणमा चितवका एसपी दानबहादुर मल्लको सबैभन्दा शंकास्पद भूमिका देखिन्छ । रविको कार्यक्रमबाट पीडित भएको एक समूहले उनै एसपी मल्ललाई उकासेर लामिछानेलाई पक्राउ गर्न लगाएको बुझिन्छ ।

गोप्य भिडियो समेत उनै एसपी मल्लले ‘बेचेको’ आरोप लागेको छ । अनुसन्धान सुरु भएलगत्तै सो भिडियो बाहिरिएको थियो । सोही भिडियो बाहिरिनुलाई समेत अदालतले शंकास्पद रुपमा लिएको छ । भिडियो पहिले नै बाहिरिनुले भिडियो दूषित भएको हुनसक्ने न्यायधीश हेमन्त रावलको आदेशमा भनिएको छ ।

सो भिडियो मृतक पुडासैनीकै परिवारबाट बाहिरिएको भनेर प्रहरीले प्रचार गर्न लगाएको थियो । तर, मृतकका आमा–बुबाले आफूहरुमाथि गलत आरोप लगाएको भन्दै रोएका थिए । बरु, आफूहरुले नै भिडियो बाहिर दिएको भनेर बोल्न अप्रत्यक्ष रुपमा प्रहरीले पुडासैनीका बुबाआमालाई दबाब दिएको भनेर समेत मिडियामा गुनासो गरेका छन् । यसले पनि अनुसन्धानमा कति चलखेल भएको थियो भन्ने प्रष्ट हुन्छ ।

राजनीतिक शक्तिको दबाबमा चितवन पुगेका एसपी मल्ल कमजोर कार्यक्षमता भएका प्रहरी अधिकृत हुन् । यसअघि उनी दरबारमार्ग वृत्तमा थिए । जहाँ हुँदा उनले पीडितलाई नै थुनेर ठगलाई संरक्षण दिएको घटनाको बारेमा हाल अख्तियार लगायत निकायमा उजुरी परेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पिएसओ बसेकै भरमा उनको प्रहरीमा हालिमुहाली चलेको छ । उनले प्रचण्डलाई ‘बुबा’ भन्दै कमाउ अभियान चलाएका छन् । चितवनमा उनले मोटरसाइकल चोरका नाइकेलाई संरक्षण दिएकोदेखि अन्य धन्दाहरु बाहिर आइसकेका छन् । तर, पनि प्रचण्डकै कारण उनीमाथि कारबाही हुन सकेको छैन ।

प्रहरी अनुसन्धानमा तीन त्रुटि

सो घटनाको अनुसन्धानका क्रममा प्रहरीबाट विभिन्न त्रुटि र लापरबाही अदालतले पत्ता लगाएको छ । अनुसन्धानमा मुख्य गरी तीन विषयमा प्रहरीले प्रश्न उठाएको छ ।

अभियोजनमा मृत्युको समय नै उल्लेख गर्न नसकेको कुरा आदेशमा उठाइएको छ । भिडियो रेकर्ड गर्दा पुडासैनी भित्री बस्त्रमा थिए । झुन्डिएको अवस्थामा उनी सर्ट पाइन्टमा थिए । ‘यो फरक देखिने अवस्थाले भिडियोमा व्यक्त गरेको भनाई नै ‘वर्डस् विफोर डेथ अफ डाइङ पर्सन’ थियो वा थिएन भनी यकिन गर्न भिडियो रेकर्ड गरिएको समय र निजले आत्महत्या गरी देहत्याग गरेको समयको अन्तर छुट्याउन सबुतको रुपमा रहेको भिडियो र मृतकको शव परिक्षण प्रतिवेदनमा मृत्युको समय उल्लेख हुनु आवश्यक देखिन्छ । जून अनुसन्धानका क्रममा गरिएको शव परिक्षण्को प्रतिवेदनमा उल्लेख भएको देखिदैन ।’

पोष्टमार्टम रिपोर्टमा मृत्युको समय खुल्ने भएपनि यो अनुसन्धानमा खुलाइएको छैन । अदालतले पोष्मार्टममा संलग्न त्रिवि शिक्षक अस्पतालका चिकित्सक डा. मणि शर्मा र विभूती शर्मालाई अदालतमा उपस्थित हुन आदेश दिइएको छ ।

भिडियोको आधिकारितामा समेत अदालतले प्रश्न उठाएको छ । दुवै हात जोडेर प्रमाण गरेको अवस्थामा उनले कसरी सेल्फी खिचे भनेर प्रश्न गरिएको छ । घटनास्थलको मुचुल्कामा प्रहरीले लापरबाही गरेको देखिन्छ । ‘भिडियो रेकर्डको अन्तमा मृतक शालिकराम पुडासैनीले आफ्नो दुवै हात जोडेर आफ्ना बृद्ध बुबा, आमा र पत्नीलाई आफुले आत्महत्या गर्नुको कारण दुखको पश्चाताप बोध गरी क्षमायाचना गर्दै दुवै हात जोडेर प्रणाम दण्डबत गरेको देखिने अवस्थाले यो भिडियो निज आफैंले एक्लै(सेल्फी) खिचेको भन्ने देखिएन । निजले घटनास्थलको सो कोठामा उपयुक्त उचाईको स्थानमा आफ्नो मोबाइल भिडियो रेकर्ड मोडमा स्थिर राखी भिडियो खिचेको हो भने घटनास्थल मुचुल्का र बरामदी मुचुल्कामा त्यस्तो स्थानमा राखेको अवस्थामा भेटिएको भन्ने व्यहोरा उल्लेख भएको देखिएन ।’ भिडियो परिक्षण गर्ने प्रहरीको बिधि बिज्ञान प्रयोगशालाका प्रहरीलाई पनि बकपत्रका लागि अदालतमा बोलाइएको छ ।

साथै भिडियोमा उल्लेख विषयलाई अन्य सहयोगी प्रमाण पेश गर्न नसकेकाले निर्णायक प्रमाणका रुपमा लिन नसकिने आदेशमा उल्लेख छ । मृतकले भिडियोमा लगाएका आरोपलाई पुष्टि हुने किमिसका अन्य प्रमाण प्रहरीले संकलन गर्न नसक्दा मुद्दा फितलो भएको यसबाट प्रष्ट हुन्छ । प्रमाणहरु बलियो नहुँदा नै आरोपीहरु छुटेका छन् । जसले सो मुद्दा दबाबको भरमा मात्र चलेको प्रष्ट हुन्छ ।

रवि लामिछानेबाट डराएको समूह नै उनलाई नियोजित रुपमा यही मौकामा फसाउने खेलमा लागेको र प्रहरी त्यसमा प्रयोग भएको प्रहरीको फितलो अनुसन्धानबाटै खुलिसकेको छ । जसमा उनीहरु असफल भएका छन् र प्रहरीले थप बदनामी मात्र कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्