Logo
Logo

रेशम चौधरीको पार्टी फराकिलो मतसहित ५ क्षेत्रमा अगाडि, सबै क्षेत्रका उम्मेदवार जित नजिक


3.8k
Shares

काठमाडौं । जेलमा रहेका नेता रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनतर्फ पाँच निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।

कैलाली–१ मा अरुनकुमार चौधरीले १६६० मतसहित अग्रता लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार भगतबहादुर बढुृवालले १३६९ मत पाएको छ ।

त्यसैगरी, कैलाली–३ मा नागरिक उन्मुक्तिकै गंगाराम चौधरीले १६६९३ मतसहित अग्रता लिइरहेका छन् । यहाँ पनि उनका निकटतम प्रतिस्पर्धी माओवादीका कृष्णकुमार चौधरी १२६९८ मतसहित पछि छन् ।

त्यसैगरी, बर्दिया–१ मा नागरिक उन्मुक्तिकै ठाकुरसिंह थारुले ४५२९ मतसहित अग्रता लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका संजय कुमार गौतमले ४८१९ मत पाएका छन् ।

त्यसैगरी, कैलाली–१ बाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार रन्जिता चौधरीले ४५७८ मत प्राप्त गर्दै अग्रता लिँदा प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरी ३ हजार मतसहित पछि परेका छन् ।

त्यसैगरी, बर्दिया–२ मा १६ हजार ४५७ मतसहित नागरिक उन्मुक्ति पार्टीकै लालवीर चौधरी अगाडि छन् । तर, उनी भने स्वतन्त्रबाट उम्मेदवार बनेका छन् । रेशम चौधरीको उम्मेदवारी खारेज हुने भएपछि उनका बुबा लालवीरलाई नागरिक उन्मुक्ति पार्टीले नै स्वतन्त्रका रुपमा अघि सारेको हो ।

प्रतिक्रिया दिनुहोस्