
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतगणना तिव्र रुपमा भइरहेको जनाएको छ ।
मतदान सम्पन्न भएलगत्तै देखि सुरु गरिएको मतगणनाकाे नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारीका साथ लागेकाे उनकाे भनाइ छ । ढिलाेमा आठ दिनभित्र नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको उनले बताए ।
काठमाडौं क्षेत्र नम्बर १० को मतगणनास्थलको निरीक्षण गर्दै उनले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मतपरिणामको नतिजा आठ दिन भित्र आउने दाबी गरे ।














