Logo
Logo

एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजय नजिक



काठमाडौं । काठमाडौं–५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल जित नजिक पुगेका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार प्रदीप आफ्ना प्रतिस्पर्धीभन्दा झण्डै तीन हजार मतले अगाडि छन् ।

पछिल्लो मतपरिणामअनुसार काठमाडौं–५ मा २४ हजार ७ सय ६० मत गनिसक्दा प्रदीप पौडेलले ८ हजार २ सय २० मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका ईश्वर पोखरेलले ५ हजार ६ सय ८० मत प्राप्त गरेका छन । प्रदीपले सुरुदेखि नै अग्रता कायम राख्दै आएका छन् । मतगणनाको अन्तिमतिर आइपुग्दा प्रदीपले मतान्तर बढाउँदै लगेका छन् ।

पहिलो पटक २०५६ सालमा काठमाडौं–५ मा निर्वाचित पोखरेललाई २०६४ र २०७० मा भने नेपाली कांग्रेसका नेता नरहरि आचार्यले हराएका थिए ।

त्यसपछि २०७४ सालमा कांग्रेस नेता प्रकाशशरण महतलाई हराएर सांसद निर्वाचित भएका पोखरेलको बदला यस पटक प्रदीपले लिने निश्चित देखिन्छ । एमालेका बरिष्ठ उपाध्यक्षसमेत रहेका पोखरेल यस पटक पराजय नजिक छन् ।

प्रतिक्रिया दिनुहोस्