
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । हालसम्म प्रतिनिधिसभातर्फ ६ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।
पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसले ४ र नेकपा एमालेले ४ क्षेत्रमा जित हात पारेको छ । बाँकी क्षेत्रमा गणना जारी छ ।
देशका दुई प्रमुख दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षहरु सुरक्षित देखिन्छन् । तर, अध्यक्षपछिको शक्तिशाली पद होल्ड गरेका महासचिहरु भने खतरामा छन् ।
एमालेका महाचिव शंकर पोखरेल दाङ–२ बाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार छन् । त्यसैगरी, माओवादीका महासचिव देव गुरुङ लम्जुङ–१ बाट प्रतिस्पर्धामा छन् । तर, दुबै महासचिव पराजित हुने सम्भावना बढेको छ । रमाइलो पक्ष के भने एमालेका महाचिव माओवादीका उम्मेदवार र माओवादीका महासचिव एमालेका उम्मेदवारसँग पराजित हुने सम्भावना बढेको हो ।
एमालेका महासचि पोखरेल माओवादीका उम्मेदवार रेखा शर्माभन्दा धेरै मतले पछि छन् । हालसम्म शर्माले ७ हजार ५११ मत पाउँदा पोखरेलले ५ हजार ९३९ मत मात्र पाएका छन् ।
त्यसैगरी, माओवादीका महासचिव गुरुङले ९ हजार ७९७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले ११ हजार ६१७ मत पाएका छन् ।














