काठमाडौं । रौतहट–१ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लगातार अग्रता कायम राखेका छन् ।
सुरुवातबाटै अग्रता लिएका पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पछिल्लो मतपरिणामअनुसार ८ हजार ७४३ मत पाएका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले ८ हजार २५८ मत पाएका छन् । अध्यक्ष नेपाल र गुप्ताबीच करिब ५ सयको मतान्तर रहेको छ । यस्तै, जनमत पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद साहले अहिलेसम्म १५० मत पाएका छन् । यहाँ मतगणना जारी छ ।














