काठमाडौं । पाल्पाको दुवै निर्वाचन क्षेत्रमा नेकपा एमाले अगाडि छ । पछिल्लो मतअनुसार पाल्पा–१ मा एमालेका नारायणप्रसाद आचार्य अगाडि छन् । उनले हालसम्म ४ हजार ४१५ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले २ हजार २५४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार विपिन कडेलले १४९ मत पाएका छन् ।
यस्तै, पाल्पा–२ मा पनि एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरे ५ हजार १६७ मतसहित अगाडि छन् । उनका प्रतिस्पर्धी सोमप्रसाद पाण्डेयले तीन हजार ९०१ मत पाएका छन् । यहाँ मंगोल नेशनल अग्रनाइजेशनका उम्मेदवार मनहादुर दर्लामीले ९८८ मत पाएका छन् । मतगणना जारी छ ।














