Logo
Logo

एनआरएन युगान्डाको आईसिसी सदस्यमा राजमणि भण्डारी


- दृष्टि न्युज/संवाददाता


युगान्डा, १७ भदौ ।

गैरआवासीय नेपाली संघ, युगान्डाकाे अन्तराष्ट्रिय समन्वय परिसद को सदस्यमा राजमणि भण्डारी चयन भएका छन् । एनआरएन युगान्डाका निवर्तमान अध्यक्ष समेत रहेका भण्डारी सन् २०१९–२०२१ को कार्यकाललाई चयन भएका हुन् ।


१० वर्षदेखि युगान्डामा बस्दै आएका उनी जिन्जामा रेस्टुरेन्ट चलाउँदै आएका छन् । युगान्डामा व्यवसाय गर्ने उनी पहिलो नेपाली हुन् । उनकै नेतृत्वमा केही महिनाअघि युगान्डामा एनआरएनको क्षेत्रीय सम्मेलन भएको थियो ।
जिम्मेबारी दिएकोमा सम्पूर्ण युगान्डावासी नेपालीलाई उनले धन्यवाद दिएका छन् । ‘अफ्ठेरो परिस्थिततिहरुमा सुझाव, आलोचनात्मक सुझाव, सल्लाह दिनुहुने सबै महानुभावहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्