Logo
Logo

हाउजिङभित्र बन्दै गरेको घर भत्कियो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ भदौ ।
काठमाडौंको मुलपानीस्थित ग्रिन हिल सिटी हाउजिङभित्र निर्माणधिन दुई तले घर भत्किएको छ । वर्षापछि आएको पहिरोका कारण घर भत्किएको हो ।


पहिरो आउने ठाउँलाई हाउजिङ कम्पनीले सुरक्षित बनाउन नसक्दा सर्वसाधरणको लाखौं डुबेको छ । हाउजिङभित्र करिब पाँच सय घर बनिसकेका छन् । थप घर बन्ने क्रममा छन् । हाउजिङले कतिपयलाई जग्गा मात्र बेचेर आफैं घर बनाउन लगाउने गर्दछ । त्यसरी नै बनाइएको घर भत्किएको हो । जसकारण हाउजिङ कम्पनीप्रति स्थानीयको आक्रोश बढेको छ ।
ग्रिन हिल सिटी हाउजिङ नेपालकै सबैभन्दा ठूलो हाउजिङ हो ।

प्रतिक्रिया दिनुहोस्