
काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ झण्डै तीन गुणा मतान्तरले पारजित भएका छन् ।
सत्ता गठबन्धनको समर्थनसहित निर्वाचन लडेका राज्यमन्त्री श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ४४ हजार १७० मतानतरले पारजित भएका हुन् ।
सभापति लामिछानेले ५९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९१ मत पाएका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ५४९ मत प्राप्त गर्दै तेस्रो भएका छन् ।














