
झापा । झपा निर्वाचन क्षे नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो अग्रता कायम राखेका छन् ।
आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा झापा ३ का प्रतिनिधिसभा उम्मेदवार लिङदेनले यो समाचार तयार गर्दासम्म ३३ हजार ५३० मत प्राप्त गर्दै आफनो अग्रता कायम राखेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले २९ हजार ९३१ मत प्राप्त गरेका छन् । सिटौला र लिङ्देनबीच ३ हजार ५९९ मतान्तर रहेको छ । काँग्रेस नेता सिटौला सत्ता गठबन्धनका साझा उम्मेदवार हुन भने राप्रपाका लिङदेनलाई नेकपा एमालेको साथ छ ।
जारी मतगणनाको अहिलेसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठकले १ हजार ६६२ मत पाएका छन् ।














