
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब देश अस्थिरता र अराजकतातर्फ जाने खतरा रहेको टिप्पणी गरेका छन् ।
झापा–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि प्रतिकृया दिँदै अध्यक्ष ओलीले दलहरुले प्राप्त गरेको मतपरिणामलाई आधार मानेर अब बन्ने संसदमा सुरु देखिनै मोलतोल हुने भएकाले देश अस्थिरतातर्फ जाने टिप्पणी गरेका हुन् ।
सरकार बनाउन कुनै पनि दलले बहुमत प्राप्त नगरेका कारण मिलिजुली सरकार नै बनाउनुपर्ने अवस्था बनेकाले सरकार बनाउने र ढाल्ने गतिविधि तत्काल सुरु हुने भएकाले देश अस्थिरतातर्फ जाने उनको दाबी रहेको छ ।
अध्यक्ष ओलीले भने– ‘दलहरुले प्राप्त गरेको मतपरिणामलाई हेर्दा देश अस्थिरतातर्फ जाने देखिन्छ । अब सरकार बनाउने र गिराउने खेल हुने छ । यसले देश पुनः अस्थिरतातर्फ जाने खतरा देखिन्छ ।’
अध्यक्ष ओलीले मंसिर ४ मा सम्पन्न निर्वाचनमा सत्तारुढ दलले सत्ताको दुरुपयोग गरेको समेत आरोप लगाएका छन् ।














