Logo
Logo

३० हजार मतान्तरले जित्ने दाबी गर्ने महेश बस्नेत पराजित



काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका छन् । बिहीबार बिहान सकिएको मत गणनामा थापाले नेकपा एमालेका महेश बस्नेतलाई ८२३ मतान्तरले हराएका हुन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५०० मत पाए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत पाए । नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ९५४, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२० र राप्रपाका मोहन केसीले २४८६ मत पाएका छन् ।

निर्वाचन अघि बस्नेतले आफू ३० हजार मतान्तरले विजयी हुने दाबी गर्दै आएका थिए । भक्तपुरमा एमालेलाई कम्तिमा ५५ हजार भोट उनले बताउँदै आएका थिए ।

उनले भनेका थिए– ‘हाम्रो भोट ६० हजार आउछ । कांग्रेस र गठबन्धको भोट २०–२२ हजार हुनुपर्छ । अब गठबन्धन बनेको छ । के के भ्रमणहरु सिर्जना भएको छ भने पनि हाम्रो त्यो ६० बाट ५ हजार घटाइदिउँ ५५ होला । यत, २० लाई ५ बढाइदिउँ २५ होला मेरो विचारमा हामी तेब्बर मतान्तरले जित निकाल्ने छ ।’

बस्तेनको उक्त अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्