Logo
Logo

प्रचण्डलाई फकाउँदै ओली र देउवा !



काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । हालसम्म दलहरुले प्राप्त गरेको मतलाई हेर्दा आगामी सरकार कुन–कुन दल मिलेर बन्छ भन्ने टुंगो छैन । त्यसैले आगामी सरकारका लागि कसरत सुरु हुन थालेको छ ।

अहिलेसम्मको अवस्था हेर्दा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र नै तेस्रो हुने देखिन्छ । तर, सरकार बनाउन पहिलो र तेस्रो दल मिल्दा सम्भव छैन । कांग्रेस र एमाले मिलेर सरकार बनाउन पनि असम्भव छ । माओवादीसँगै साना दललाई लिएर आफ्नो नेतृत्वको सरकार बनाउने कसरत कांग्रेस र एमाले दुवैले थालेका छन् ।

आगामी सरकारको नेतृत्व गर्न अघि सरेका कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष ओली दुवैले कसरत थालेका हुन् । यसै सन्दर्भमा ओली र देउवाले फोन गरेर प्रचण्डसँग मिलेर अघि बढ्न प्रस्ताव गरेका छन् ।

बिहीबार दिउँसो प्रचण्डलाई देउवा र ओलीले बेग्लाबेग्लै समयमा फोन गरेका थिए । फोन संवादमा ओली, देउवा र प्रचण्डबीच निर्वाचित भएकोमा बधाई आदनप्रदान भएको थियो । त्यस्तै पहिलेको तिक्तता भुलेर मिलेर अगाडि बढ्न ओलीले प्रचण्डलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्