भोजपुर । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदन किराती निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार शेरधन राईलाई पराजित गर्दै किराती निर्वाचित भएका हुन् । अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट माओवादीका किराती नै निर्वाचित भएका थिए । तर त्यो बेला एमाले र माओवादी एकता गरेर नेकपा गठन भएको बेला थियो ।
भोजपुरमा लामो समयदेखि नै यी प्रतिस्पर्धीबीच रोचक प्रतिस्पर्धा हुँदै आएको छ । २०६४ मा सुदनले शेरधनलाई नै हराएर निर्वाचन जितेका थिए। तर २०७० को निर्वाचनमा शेरधनले सुदनलाई हराएर बदला लिएका थिए ।












