Logo
Logo

एमाले पोलिटव्यूरो सदस्य शेरधन राई पराजित


15.7k
Shares

भोजपुर । भोजपुरबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका एमाले पोलिटव्यूरो सदस्य तथा प्रदेश–१ का पूर्वमुख्यमन्त्री शेरधन राई पराजित भएको छन् । उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीसँग पराजित भएका हुन् ।

अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट माओवादीका किराती नै निर्वाचित भएका थिए । तर त्यो बेला एमाले र माओवादी एकता गरेर नेकपा गठन भएको बेला थियो ।

भोजपुरमा लामो समयदेखि नै यी प्रतिस्पर्धीबीच रोचक प्रतिस्पर्धा हुँदै आएको छ । २०६४ मा सुदनले शेरधनलाई नै हराएर निर्वाचन जितेका थिए । तर २०७० को निर्वाचनमा शेरधनले सुदनलाई हराएर बदला लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्