
काठमाडौं । प्रतिनिधिसभामा महोत्तरी निर्वाचन क्षेत्र–२ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरत सिंह भण्डारी विजयी भएका छन् ।
निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी विजयी भएका हुन् । भण्डारीले २५ हजार १९० मत पाउँदा सिंहले ११ हजार १२० मत प्राप्त गरे ।
यस्तै नेकपा एमालेका राम परीक्षण यादवले १० २५८ मत, जनमत पार्टीका उमेशकुमार यादव ५ हजार ९७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवन कुमार झाले ३६० मत मात्र पाए ।














