
काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँण राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहरासँग पछि परेका छन् ।
गृहमन्त्रीसमेत रहेका खाँण राप्रपाका उम्मेदवार बोहरासँग ४७३ मतले पछि परेका हुन् । मतगणनाको पछिल्लो परिणामअनुसार बोहराले २७ हजार ६३१ मत प्राप्त गर्दा खाँणले २७ हजार १५७ मत पाएका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जितबहादुर गुप्ताले ४ हजार ६६६ मत पाए ।














