Logo
Logo

पर्यटन क्षेत्रमा सर्वाधिक आयकर तिर्ने संस्था बन्यो मनकामना दर्शन


441
Shares

काठमाडौं । ११औँ राष्ट्रिय कर दिवसका अवसरमा मनकामना दर्शन प्रालिलाई आर्थिक वर्ष २०७७/७८ मा पर्यटन क्षेत्रमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेवापत आन्तरिक राजश्व विभागले एक कार्यक्रमबीच सम्मान गरेको छ ।

विसं २०५५ मंसिर ८ गतेदेखि सञ्चालनमा आएको नेपालकै पहिलो मनकामना केबलकारले हालसम्म १ करोड ७० लाख यात्रुलाई केबुलकार सेवा प्रदान गरिसकेको छ भने यसै समूहको भातृ कम्पनी रिसोर्टस् बाई मनकामना केवल कार प्रालिले करिब रु ४८ करोड लागतमा मनकामनामा ४० कोठायुक्त सुविधासम्पन्न होटल तथा रिसोर्टको निर्माण थालनी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्