काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित १५.७८९५ प्रतिशत नगद लाभांश पारित भएको छ । बिहीबार सम्पन्न कम्पनीको २२औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यससँगै कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट चुक्ता पुँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि कात्तिक १८ गतेका लागि बुक क्लोज गरेको थियो । यससँगै कात्तिक १७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै सो मात्राको नगद लाभांश पाउने छन् ।
त्यसैगरी सभाले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गरेको छ । साथै, आव २०७८÷७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।












