संखुवासभा । संखुवासभाबाट नेपाली कांग्रेसका दीपक खड्का निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमलाई हराएका हुन् ।

दीपकले ३२ हजार १ सय ५८ मत पाए भने राजेन्द्रप्रसादले २६ हजार ७ सय १९ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भक्तनारायण श्रेष्ठले ११ सय ३६ मत पाए भने जसपाका दीपककुमार राईले ८११ पाएका छन् ।














