पाल्पा । पाल्पा-२ ‘ख’ मा नेकपा माओवादी केन्द्रका तुलराम घर्तीमगर निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ओमबहादुर घर्तीलाई ९ सय ४१ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

घर्तीले १३ हजार ९ सय ९२ मत पाए भने उनका प्रतिस्पर्धी घर्तीमगरले १३ हजार ५१ मत पाए । घर्ती २०७४ सालको प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनबाट विजयी भएका थिए ।














